सुन्दै छु अब फेरि चुनाव आयो रे!
झोलेहरुको झोला रित्तो भयो रे!

देशको लागि के गर्योै अव त अत्ति भो!
सत्ताको लागि राजनीति गरेको सत्य भो!!
कठै मेरो देश…

भ्रष्टचारिलाइ बढुवा दिएर
आफ्नै गर्धन मा चाकु राख्योै!
लोकतन्त्रको सारा राजाको नाम डाकु राख्योै!!

कोरोनाले थलिएको मेरो देश!
कति लगाउछोै त्यो झुटको भेष!!
कठै मेरो देश…

चुनावमा मासु लुछ्न दिन्छौं!
चुनावपछि जनतालाई लुछ्छोै!!
कुर्सीको लडाइँ चलिरहन्छ;जनता मरिरहन्छ!!!
कठै मेरो देश…

केका लागि र कसका लागि तिम्रो राजनीति!
तिम्रो नीति कस्तो नीति सारा जनता लजाउने लाजनिति!!
आफु नाङ्गो हुदा नि लाज नलाग्ने कस्तो नीति!!!

जनता चिच्याउँदा; तिम्रो कान बहिरो भएझै लाग्छ!
देश रोइरहँदा;तिम्रो आँखा बन्द भएझै लाग्छ!!
कठै मेरो देश…… ✍️प्रदिप अभिलाषि

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...