आज जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२चकरि आले टोलको १८ वर्षकी सम्झना विक ले आत्म हत्या गरेकि छिन्। युवती कक्षा ८ मा अध्यनरत थिइन।देशमा कोरोनाले महामारीको रुप लिए सँगै शैक्षिक सँस्था लगाएत सबै क्षेत्र ठप्प छ ।

त्यसैको मनोवैज्ञानिक नकारात्मक प्रभाव किशोरकिशोरीमा पर्न थालेको छ।वडा २२ का वडा अध्यक्ष मनिक लाल थिङ्गका अनुसार ” सम्झना गरिव परिवारको र वुबाको दुई वर्ष पहिले नै मृत्यु भैसकेको र हाल दाइ सँग बस्दै आएकि थिइन। सम्झना ३ गते वेलुका खाना खाएर वाहिर नस्किए पछि निकै अबेर सम्म नआए पछि खोजि गरिएको थियो तर भेटिएन।भोलि पल्ट विहान अन्दाजि ४:३०बजे सम्झनाको घर देखि करिब १किलोमिटर दक्षिण पट्टी बुढधायराको रुखमा झुन्डिएको अवस्थामा एक स्थानियले देखे लगत्तै आफुलाइ जानकारी आएको अध्यक्ष थिङले बताए ।

घट्नाको जानकारी पाए लगात्तै आफुले प्रहरीलाई खवर गरेको र केही समयमा नै सिमरा डिएसपि कार्यलय बाट प्रहरी निरिक्षकको टोलि र इलाका प्रहरी कार्यलय अम्लेखगन्जको सँयुक्त टोलि घट्ना स्थलमा आइपुगेको बताए।प्रारम्भिक अनुसन्धान मा घट्ना ४ गते विहान अन्दाजि ३ बजे तिर घटेको खुलेको छ भने घट्ना स्थलको मुचुल्का उठाइ थप अनुसन्धानको लागि शव लाई पोस्टमार्टम गर्न हेटौंडा अस्पताल लगिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...