निजगढ नगरका मेयर सुरेशकुमार खनालले प्रयोग गर्ने सरकारी सुमो गाडी न्यु भेरियन्ट कोरोना बिरामी बोक्नको लागि नगरबासिको लागी निशुल्क सहयोग स्वरुप एम्बुलेन्स सेवाको लागि सहयोग सुचारु गर्नु भएको हो ।

साथै प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको आईसोलेशन बेड र अक्क्सिजन सहित तयारी अवस्थामा रहेको मेयर खनालले बताउनु भयो। निजगढ नगरपालिकाले २१ थान अक्सिजन सिलिन्डर ब्यबस्था गरिएको छ।हाल कोरोनाको महामारी बढ्दो क्रममा रहेको र आफ्नो नगरको जनता एम्बुलेन्स सेवाको अभावमा समयमा अस्पताल पुग्न बाट बन्चित नहोस भनेर समयमै आफुले यो कदम चालेको पनि उहाँले बताउनु भयो। साथै यो महामारीको समयमा सबै नगर वासिहरु सुरक्षित भएर बसिदिनहुन पनि अनुरोध गर्नु भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...