भनिन्छ मानिसलाई रिन लागोस दिन नलागोस तर कोहि कसैलाई एस्तो हुन्छ कि रिन दिन दशा सबैथोक एकै चोटि लाग्छ हो ठिक एस्तै भयो बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ घोरेघारिका राक्सिङ घलानलाई, अहिले घलानलाई गरिबिको दुख त छदै थियो जसो तसो जीवन गुजार्दै थिए ।

यसरी जीवन निर्वाह गर्दै आएका घलानलाइ ०७७/फागुन २८ कालो दिन बन्न पुग्यो ।घलानले रुदै भने ” २०७७/११/२८गते वेलुका 7:30बजे घरमै हिड्ने क्रममा ठेस लागेर लडे त्यतिकैमा भुइमा बजारिए र वेहोस भयो र १घन्टा पछि होस खुल्यो तर शरिर चलेन । फेरि रुदै भने हस्पिटल लगियो करिब आफु सँग भएको सबै सम्पति सकाए तर पनि शरिर चलेन ।

पैसा सकिए पछि हस्पिटल राख्न सकिएन र घर ल्याए ।रुदै भन्छन कमसेकम उठेर दिशा पिसाब गर्न जाने सक्ने भए पनि भाग्य हुन्थ्यो। वडा बाट सिफारिस लिएर सहयोग पनि लियोै तर सम्भव भएन
। त्यसैले सबैलाई सहयोग माग्न बाध्य भएका छोै। । एता निजगढ १३ का वडाध्यक्ष सुर्य घलानले घट्नाको विषयमा जानकारी दिदै भने “आफुले सकेको सहयोग गरेको छु र सहयोगको लागि सिफारिस दिए सँगै सहयोगी दाताहरुलाइ पनि सहयोगको लागि अनुरोध गरेको” बताए ।

साथै अगामि दिनमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन भने अन्य सहयोगी मनहरुलाइ पनि सहयोग गर्न आग्रह गरेका छन।राक्सिङ घलानका दुइ छोरा र दुई छोरिका साथ श्रिमति छन भने आर्थिक आम्दानिको स्रोत शून्य रहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...