एन.सि.सि अल्मुनाइ एसोसिएसन नेपाल बारा जिल्ला कार्यसमिति द्वारा आयोजना गरिएको गढिमाइ मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न आज भएको छ । सो कार्यक्रमलाई प्रमुख अतिथिबाट कुचो लगाएर कार्यक्रम उद्घाटन गरिएको थियो ।

उक्त सरसफाइ कार्यक्रमको सभाध्यक्षमा NCCAAN बारा जिल्ला कार्यसमितिका निर्देशक तुल्सि पुन मगर र प्रमुख अतिथि महागढिमाइ नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादव र विशिष्ट अतिथिमा गढिमाइ मन्दिरको समितिका अध्यक्ष राम चन्द्र शाह र अतिथिमा निजगढ नगरपालिका वडा नम्बर १३ का

वडाध्यक्ष सुर्य घलान लगाएत अन्य स्थानीय बुद्धिजीवीको सहभागीता रहेको थियो भने कार्यक्रम सन्चालान क्याडेट प्रदिप विश्वकर्माले गरेका थिए। उक्त कार्यक्रममा राष्ट्रिय सेवा दल बाट दिक्षित ४९जना क्याडेटहरुको सहभागिता रहेको थियो जसमा छात्र क्याडेट ३६जना र छात्रा क्यडेट १३जना रहेको थियो। साथै सरसफाइ कार्यक्रममा महागढिमाइ नगरपालिकाका नगर प्रहरीको समेत उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...