बाराको सुवर्ण गाउँपालिकामा रहेको दशगजा क्षेत्रको सिमा स्तम्भको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले निरिक्षण गर्नुभएको छ ।

सिमा हराएको स्तम्भ र मेटिएको नम्बरमा चाडैं नै GPSको माध्यमले दुवै देशको अधिकारी बसेर काम गरिने प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनुभयो ।बाराको सिमावर्ती क्षेत्रको पालिकाको निरिक्षण गर्ने क्रममा छु ,जहाँ जहाँ सिमा स्तम्भ छैन त्यसको लगत संकलन भईरहेको प्रजिअ नेपालले बताउनुभयो । सिमा नाका बन्द भएका कारण स्थानीयबासीलाई सास्ती भएपनि सरकारको निर्देशनको पालना सबैले गर्नुपर्ने प्रजिअ नेपालको भनाइ रहेको छ ।

नेपाल सरकारले पुस २९ गते सम्म सिमा नाका बन्द गर्न सुचना जारी गरेको छ ।दशगजा क्षेत्रको निरिक्षण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनी ,प्रदेश सभा सदस्य बच्चा राउत अहिर ,नेपाली काँग्रेसका नेता एवम् पुर्व संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव ,सुवर्ण गाउँपालिकाका प्रमुख महेन्द्र प्रसाद यादव , स्वतन्त्र नागरिक तदर्थ समिति बाराका संयोजक एवम् युवा नेता अशोककुमार यादव ,नेकपाका नेता राजदेव प्रसाद यादव ,बासदेव यादव ,सुवर्ण गाउँपालिकाका नेकपाका युवा नेता सतपाल प्रसाद यादव ,देवताल गाउँपालिकाका नेकपाका युवा नेता कौशलकिशोर सिँह ,जसपाका नेता नारायण यादव ,बुद्धिजीवी सियाराम प्रसाद साह कानु ,संतगजका युवा नेता मुकेश साह ,स्थानीयबासी समाजसेवी ,बुद्धिजीवी ,पत्रकार ,शिक्षक र ,अामजनताको सहभागिता रहेको थियो ।

आज नै प्रमुख जिल्ला अधिकारीको टोलीले सुवर्ण गाउँपालिका वडा नम्बर -३ संतगजमा छठका दिन भएको घटनाको स्थलगत निरिक्षण गर्नुभएको छ । संतगज गाउँभरि निरिक्षण गरि बाटोको अवस्था ,विधुत्तको अवस्था लगायत गाउँमा भएको समस्याको बारेमा स्थानीयसँग प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी लिनुभएको थियो ।छठका दिन सार्वजनिक पोखरीमा पुग्नका लागि निजी जमिनमा बाटो बनाएको बिषयलाई लिएर झडप भएको थियो ।

संतगज गाउँ विगत अढाई बर्ष देखि अन्धायारोमा नै रहेको छ ।सुगम गाउँको अवस्था दुर्गम जस्तो भएको छ ।बारामा कतिपय प्रमुख जिल्ला अधिकारी अाएपनि विवाद मिलाउन सकेका छैनन ।विवादका कारण स्थानीय जनता पिरोलिएका छन् । तर पनि सुवर्ण गाउँपालिकाले ठोस कदम उठाउन सकेका छैनन ।विधुत्त नहुँदा संतगजबासी टुप्पी बालेर बस्न बाध्य भएका छन् आजको निरिक्षणले केही ठोस निर्णय होला कि भनेर संतगजबासीले अपेक्षा गरेका छन् । दुई पक्षका बिच गाउँमा सधैं विवाद हुदै आएका छन् । तर जनप्रतिनिधि आएको यति दिन हुँदा समेत काम हुन नसकेको स्थानीयबासीको भनाइ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...