२०७७ सालको विजयादशमि तथा शुभ दिपावली एवं छठ पर्वको उपलक्ष्यमा मानेचोक युवा क्लब निजगढ १३ द्वारा आयोजित तेस्रो नकआउट फुटबल प्रतियोगितामा किङ्ग युथ क्लब बिजयी भएको छ ।

२०७७ कार्तिक ६ गते आयोजकको खेल मैदान माने चोकमा भएको फाइनल खेल फ्याफुल्ला युवा क्लब बि टिम र किङ्ग युथ क्लब बि टिम बिच भएको खेलमा १-० गोलको अन्तरले किङ्ग युथ क्लब बिजयी भएको हो । खेलको दोस्रो भागमा जर्सि नम्बर १४ का बिक्रम बलले दिएको पासमा जर्सि नम्बर ६ का छिरिङ लामाले हेड बल द्वारा निर्णायक गोल गरि आफ्नो टिमलाई बिजयी बनाउन सफल भएका थिए ।

खेलमा प्रथम बिजेतालाइ अन्दाजि २५ के जि को खशि पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो बिजेतालाई अन्दाजि १८ केजिको बोका पुरस्कार प्रदान गरिएको थियो।पुरस्कार आयोजकको तर्फबाट मानेचोक युवा क्लबका अध्यक्ष कृष्ण अधिकारिले प्रदान गर्नुभएको थियो भने बिजेता क्लब किङ्ग युथ क्लबका अध्यक्ष प्रदिप विश्वकर्मा र टिम क्याप्टेन रमेश थिङले प्रथम पुरस्कार अन्दाजि २५ केजिको खशि ग्रहन गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्नका लागि आयोजकलाइ निजगढ नपा वडा नम्बर १३ का वडा कार्यलय द्वारा खेलकुद सामाग्री सहयोग प्राप्त भएको र वडा अध्यक्ष सुर्य घलानले व्यक्तिगत रुपमा मेडिकल सामाग्री पनि उपलब्ध गराएको र सहयोग गर्नु भएको मा वडा अध्यक्ष लाई बिशेश धन्यबाद दिदै अन्य धेरै सहयोगी दाता हरु सबैलाई धन्यवाद दिदै आयोजकको तर्फबाट कृष्ण अधिकारि र जनक लामाले एकसाथ बताए । कार्यक्रम सन्चालनको भुमिकामा माने चोक युवा क्लबका सचिव जनक लामा रहेका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...