झापामा रहेको रेडियो कमल अनलाइनले “राष्ट्रिय झण्डा-राष्ट्रिय गौरव“ भन्ने शीर्षकमा राष्ट्रिय कबिता प्रतियोगिता आयोजना गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला भिडियो कबिता बाचन प्रतियोगिता आयोजना गरिएको रेडियोका कार्यकारी प्रमुख कमल कटुवालले जानकारी दिनुभयो । प्रतियोगितामा देशभरिका कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने तीन जनालाई पुरस्कृत गरिने कार्यक्रमका संयोजक विश्व प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउन चाहनेले यहि भाद्र २९ गते सम्म कविता पठाइसक्नुपर्ने तिमल्सीनाले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...