बारा जिल्लाको प्रसौनी गाउँपालिका बाट बाराको प्रहरी प्रमुख एस.पी. कृष्ण प्रसाद पंगेनिलाई विदाई गरिएको छ। कार्यक्रमको अध्यक्षता प्रसौनी गाउँपालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताले गर्नु भएको थियो ।

भने प्रमुख अथिती को रूपमा प्रहरी प्रमुख एस.पी. कृष्ण प्रसाद पंगेनिले गर्नु भएको थियो । विशिष्ट अतिथि को रूपमा प्रसौनी गाउँपालिका उपाध्यक्ष गीता देवी साह ले गर्नु भएको थियो । अतिथीको रुपमा प्रसौनी गाउँपालिका को जनप्रतिनिधि लगायत विभिन्न पदका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य वडा नम्बर ५ (पाँच) का वडा अध्यक्ष सनै प्रसाद साहले दिनु भएको थियो ।

भने विदाई मन्तब्य गाउँपालिका उपाध्यक्ष गीता देवी साह ले दिनु भएको थियो । प्रमुख अथिति पंगेनिको को भनाइ अनुसार मलाई बारा जिल्लाबाट धेरै नै माया प्रेम पाएको छ । म जाहा गएनी यो प्रसौनी गाउँपालिका लगायत बारा जिल्लाको सम्झना आई रहन्छ । कार्यक्रमको अध्यक्षता गर्नु भएको प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले भन्नु भयो । उहाको सल्लाह अनुसार हामी हरेक कार्य गरिरहेको थियो ।

हामीलाई हरेक समस्याको बेला उहाँले जुन सल्लाह दिनु भयो त्यसको लागि हामी आभारी छौं भन्दै टिका, माला, दोसल्ला र नया नेपालको नक्सा दिँदै विदाई गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रसौनी गाउँपालिका को प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा ले गर्नु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...