जि ट्वान्टी फाइभ क्लब रुपन्देहीले पाचौ रक्तदान कार्यक्रम अन्तर्गत आज मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै उक्त कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको थियो । जि ट्वान्टी फाइभ क्लब रुपन्देहीका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षतामा भएको थियो भने नियमित रक्तदाता समुह रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको प्रमुख आथित्यतामा भएको थियो ।

रक्तदान कार्यक्रममा रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको सस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरिएको थियो ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रमेश जोशीले रगतको माग उच्च भएपनि आपुर्तिमा सहज होस भन्ने उदेश्यले भएको थियो । यस क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनु भयो । दिपक घिमिरेको संयोजकत्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...