पछील्लो समय नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ। त्यस्तै, थप १६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट संक्रमणमुक्त हुनेको प्रतिशत बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भएका छन्।

कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको पनि मन्त्रालयले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...