आज मकवानपुर जिल्लामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज गरिएको ४३ जनाको स्वाब परीक्षणमा थप ६ जनामा संक्रमण देखिएको हो । मकवानपुरको हेटौंडा, भीमफेदी, मनहरी र जिल्ला बाहिरका समेत गरेर ६ जनामा कोरोना पुष्टि भएको हो । २ जना महिला र ४ जना पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।