जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेका छान् ।

जिल्ला प्रमुख कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भएर अहिले वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो । धामीलाई १२ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ उहाँले भन्नुभयो, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।’ उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...