निजगढ नगरपालिका १२ कोलगाउका दुबै मृगौला फेल भएका सुमिना मोक्तान लाई हाल सम्मकै ठुलो सहयोग प्राप्त भएको छ ।

सामाजिक सहयोग अभियान नेपाल द्वारा सन्चालित सुमिना मोक्तान बचाउ अभियान कार्यक्रममा सङ्कलित आर्थिक सहयोग हाल सम्मकै सबेेै भन्दा ठुलो सो रकम उठेको हो । सहयोग राशी रु १ लाख ९१ हजार २ सय ५० रहेको छ । उक्त सहयोग रुपैयाँ सामाजिक अभियान्ता प्रदेश नम्बर १ सुनसरी जिल्ला धरान नगरपालिका वडा नम्बर १५, वर्ष ५१ का बुद्धिमान कार्कीद्वारा पीडितका बुबा पन्चलाल मोक्तान लाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण गर्दै गर्दा कार्कीले सहयोगीहरु सबैलाई धन्यावाद दिदै सुमिनालाई अझै सहयोग गर्न आग्रह गर्नु भयो । यसै गरि मृगौला पिडित सुमिना का बुबा पन्चलाल मोक्तानले सहयोग गर्न इच्छुक हुने जो कोहिले पनि NCC bank Nijgadh branch AC no:- ०६८०००००२२१३ मा रकम जम्मा गर्न वा सिधा सम्पर्क ९८२६२८९२७० मा सहयोग गर्न आग्रह गर्नु भयो ।

सुमिना मोक्तान बिगत एक वर्ष देखि दुबै मृगौला फेल भएर मृगौला को डाएलसिस गर्दै आएकी छिन । कलिलो उमेर 19 वर्षको उमेरमा नै दुबै मृगौला फेल भए पछि हाल मृगौला प्रत्यारोपणको लागि तयारी थालिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...