मकवानपुर जिल्लामा आज बिहान थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार संकलन गरिएको ८३ जनाको स्वाब संगै थप ६१ जनाको स्वाब गरेर १ सय ४३ जनाको परीक्षणमा ३३ जनामा कोरोना देखिएको हो ।

जसमध्ये ११ जना महिला र २२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २९ जना,बागमती गाउँपालिकाका २ जना,मकवानपुरगढी र जिल्ला बाहिरका एक एक जना रहेका छन् ।

संक्रमित हुनेहरुमा हेटौंडामा सबै भन्दा धेरै, मकवानपुरगढी र बागमती गाउँपालिकामा संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्ष्क भोला चौलागाईले वताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...