एक महिनाको मलमासका कारण यस वर्ष तिहार ढिलोगरी आउँदा म्याग्दीमा तिहारका लागि भनेर लगाइएका सयपत्री र मखमली फूलहरु बोटमै ओइलाउन थालेका छन् ।

अधिकांश गाउँहरुमा लगाइएका सयपत्री र मखमली फूलहरु सुक्न थालेका हुन् । फूल बोटमै सुकेपछि यसपटकको तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।

सयपत्री फूल जोगाउन कठिन भएको बेनी नगरपालिका–२, खबराका चन्द्रबहादुर कार्कीले बताउनुभयो । म्याग्दीका प्रायः सबै ठाउँमा फूल ओइलिएर बोटमै कुहिन थालेका छन्

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...