भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १६२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ ।

विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको महानगरप्रमुख रेणु दाहालले बताउनुभयो । कार्यक्रममा सहभागी किशोरीहरुले साइकल पाएपछि समयमै विद्यालय पुग्न पाइने र पढाइ नछुट्ने भन्दै खुशी व्यक्त गरे । महानगरले विभिन्न ६ वटा वडाका विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल दिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...