दुईओटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यासलाई तीव्रता दिएको छ ।

कोरोनाभाइरसको महामारीबीच मैत्रीपूर्ण खेल खेल्न गत बिहीबार ढाका पुगेको नेपालले आइतबारदेखिमात्र मैदानमा अभ्यास गर्न थालेको हो । दुई दिन ‘क्वारेन्टिन’मा बसेका बेला होटलकै छतमा सामान्य अभ्यास गरेको टिमले ‘पीसीआर’ परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि मैदानमै अभ्यास गर्न थालेको हो ।

प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिएपनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै, कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकाले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताउनुभयो ।

उहाँले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताउनुभयो । नेपालले पहिलो खेल यही कात्तिक २८ गते तथा दोस्रो खेल मंसिर २ गते ढाकास्थित बंगबन्धु रंगशालामा खेल्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...