महाेत्तरीको गौशालामा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ । आइतबार साँझ गौशाला नगरपालिका २ काे निगौलमा भएको दुर्घटनामा स्थानीय साइकलयात्री ४५ वर्षीय छठु मुखियाको ज्यान गएको हो ।

गौशालाबाट घरतर्फ गइरहेका मुखियालाई वीआ ३० एक्स ९२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमकाे लागि जलेश्वरमा राखिएको छ भने मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश रेग्मीले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...