साउथह्याम्पटन इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले हराएर साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा साउथह्याम्पटनका चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक/एक गोल गरे । यस जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो । न्युकासल ८ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

राति नै भएको खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...