प्रधानमन्त्री केपी शर्मा ओलीले पछील्लो समय दिएको बिचारले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकपछि अर्को विवादमा फस्दै गएको छ । कर्णाली प्रदेशको भाँडभैलो सकिन नपाउँदै प्रदेश १ बाट अर्को विवाद सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफूनिकट मानिने प्रदेश १ का नेताहरुसँग भर्चुअल भेला गरेपछि विवादले अर्को रुप लिएको हो । पार्टीमा विवाद बढिरहेका बेला बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहालले त्यसबारेमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूसँगको छलफलमा पार्टीभित्रको विवादबारे जानकारी गराएको बताएका छन् ।

अध्यक्ष दाहालले भेलाको विरोध गरेपछि आजको भेटवार्ताले कुनै निष्कर्ष निकाल्न नसकेको उनीनिकट एक नेताले बताए। ‘तपाईंले पार्टीभित्रको विवादलाई मिलाउन छाडेर आफ्नो गुट चलाउन थाल्नु भयो’, अध्यक्ष दाहालको भनाईलाई उदृत गर्दै नी नेताले भनेका छन्, ‘ती भेला बैठकमा मैले पार्टी फुटाउन लाग्यो भनेर नेताहरुलाई जानकारी गराउनुहुन्छ।’

पार्टीभित्रको विवाद बढ्दै गएको बेलामा अध्यक्ष दाहालले तत्कालै पार्टीको बैठक राख्नुपर्ने अडान प्रधानमन्त्री ओलीसमक्ष दोहोर्‍याएका छन् । ‘पार्टीमा देखिएको विवाद हामीले मात्रै छलफल गरेर समाधान हुँदैन। त्यसैले तत्काल पार्टीको बैठक राख्नुपर्ने अध्यक्ष दाहालले बताउनु भएको छ’, ती नेताले भने, ‘तर, प्रधानमन्त्री ओली तत्कालै बैठक राख्ने मनस्थितिमा देखिनुभएको छैन। उहाँ यसबारेमा मौन रहनुभएको छ।’

विवाद समाधान नहुने भएपछि देखिएपछि अध्यक्षद्वयको भेटवार्ता अनिश्चित भएको ती नेता बताउँछन् । त्यसो त विवाद समाधानका लागि तत्काल सचिवालय र स्थायी कमिटीको बैठक बस्नुपर्ने स्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताउँछन् । ‘हामीले पार्टीको बैठक राख्नुपर्छ भन्ने माग गरिरहेका हौँ। पार्टीले सचिवालय, स्थायी कमिटीको दुवै बैठक तत्काल राख्नुपर्छ’, उनले भने, ‘भदौ २६ को निर्णय कार्यान्वयन नभएका कारण फेरि स्थायी कमिटीको बैठक हुनु पर्दछ।’

‘केन्द्रीय कमिटीको बैठक कात्तिक १५ मा बोलाइएको थियो। त्यो पनि स्थगित भइसकेको अवस्था छ’, उनले अगाडि भने, ‘अब तोकिएको समयमा बस्नुपर्छ। पार्टीको समस्या समाधान गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीबाट नै निकास निकाल्नुपर्छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...