आज हेटौंडाबाट घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन् ।

घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रक्राउ गरेको हो।

हेटौंडा–१० बसपार्क मेगा होटलबाट १० लाख रुपैयाँ घुस रकमसहित नवौं तहका इन्जिनियर जैसवाललाई अख्तियारले समातेको हो। जैसवालले प्रसारण लाइनको ठेकेदारसँग घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेको अख्तियार हेटौंडाले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...