प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गरेपनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता बैठक बस्ने तयारीस्वरुप इतर समूहका नेताहरु बालुवाटारमा पुगेका छन् । बालुवाटार पुग्नेमा प्रचण्डसहित सचिवालयका नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, बामदेव गौतम समेत रहेका छन् । यस्तै स्थायी समितिका सदस्यहरु पनि बालुवाटारमा पुग्ने क्रम जारी रहेको छ ।

बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा रहेका छन् भने सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले जानकारी दिए । पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...