गुगलले आफ्नो गुगल प्ले स्टोरबाट विभिन्न २५ वटा एन्ड्रोइड एपहरुलाई हटाइदिएको छ । फेसबुक प्रयोगकर्ताका लगइन डाटाहरुको चोरीमा ती एपहरु संलग्न रहेको विषयमा साइबर सेक्योरिटी कम्पनी एभिनाले खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।
ती एपहरुमा मालवेयर रहेका र त्यस मार्फत स्मार्टफोन प्रयोगकर्ताका फेसबुक लगइन डाटाहरु चोरिने गरिएको एभिनाले खुलासा गरेको थियो ।
ती २५ वटा एपहरु गुगल प्ले स्टोरमा अहिलेसम्म २० लाख पटक डाउनलोड भैसकेका छन् । ती मध्ये अधिकांस एप फाइल म्यानेजर, फ्लास लाइट, वालपेपर म्यानेजमेन्ट, स्क्रिनसट इडिटर तथा मौसम समबन्धी एपहरु रहेका छन् । गुगलले प्ले स्टोरबाट हटाएका २५ वटा एपहरुको सूचि यस्तो छ –
1) Super Wallpapers Flashlight
2) Padenatef
3) Wallpaper Level
4) Contour level wallpaper
5) Iplayer & iwallpaper
6) Video maker
7) Color Wallpapers
8) Pedometer
9) Powerful Flashlight
10) Super Bright Flashlight
11) Super Flashlight
12) Solitaire game
13) Accurate scanning of QR code
14) Classic card game
15) Junk file cleaning
16) Synthetic Z
17) File Manager
18) Composite Z
19) Screenshot capture
20) Daily Horoscope Wallpapers
21) Wuxia Reader
22) Plus Weather
23) Anime Live Wallpaper
24) iHealth step counter
25) Com.tyapp.fiction